दफा २७
मुद्दाको अनुसन्धान तथा तहकिकात र दायरी
– (१) यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा तहकिकात निरीक्षकले गर्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुसन्धान तथा तहकिकात गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम अनुसन्धान तथा तहकिकात पूरा भएपछि त्यस्तो निरीक्षकले सरकारी वकीलको राय लिई मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
(४) उपदफा (१) बमोजिमको अनुसन्धान तथा तहकिकात त्यस्तो अनुसन्धान तथा तहकिकात शुरु भएको मितिले पच्चीस दिनभित्र पूरा गरिसक्नु पर्नेछ ।